नियम १९
मूल नियमावलीको नियम ३२ मा संशोधन

मूल नियमावलीको नियम ३२ को,–
(१) उपनियम (१) को ठाउँ ठाउँमा रहेको ‘श्रेणीविहीन’ भन्ने शब्दको सट्टा ‘श्रेणी विहीन
तथा राजपत्रअनङ्कित पाँचौं श्रेणीका’ भन्ने शब्दहरु राखिएका छन् ।
(२) उपनियम (२) को सट्टा देहायको उपनियम (२) राखिएको छ ः–
“(२) श्रेणी विहीन तथा राजपत्रअनङ्कित पाँचौ श्रेणीका निजामती कर्मचारीको
सरुवा मातहत कार्यालयहरुमा भए कार्यालय प्रमुखले र अन्य कार्यालयहरुमा भए
विभागीय प्रमुखले गर्नेछ ।”